राजनीति

उद्देश्यविपरीत काम गर्दा सहकारीको क्षेत्रमा समस्या : मन्त्री अधिकारी

इकागज |
चैत १९, २०८० सोमबार १९:४८ बजे

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उद्देश्यविपरीत काम गर्दा सहकारीको क्षेत्रमा समस्या देखिएको बताएका छन् ।

६७औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा सहकारीको समस्या समाधान गर्नका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए । उनले अहिलेको सरकारले न्यूनतम् साझा कार्यक्रममा सहकारीको समस्या समाधान गर्ने कुरा ल्याएको भन्दै विकासको संरचनालाई आधार मान्दा यसैबाट जानुपर्ने देखिएको धारणा राखे । उनले अहिले देखिएका समस्या समाधानका लागि आन्दोलनकारीसँग वार्ता पनि गरिएको बताए ।


सरकार, सहकारी र समुदाय मिलेर समस्या समाधानमा लाग्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय सहकारी महासङ्घका पूर्वअध्यक्ष तथा पूर्वमन्त्री केशवप्रसाद बडालले सहकारीमा अहिले देखिएको समस्याले सहकारी क्षेत्रलाई शुद्धीकरण गर्ने समय भएको जनाउ दिएको बताए । 


Author

थप समाचार
x