राजनीति

एजेन्डा नमिल्ने भन्दै नयाँ सरकारबाट राप्रपा 'आउट'

इकागज |
फागुन २१, २०८० सोमबार १२:३ बजे

फाइल तस्बिर

काठमाडौँ- नयाँ गबन्धनमा राप्रपा नसमेटिने भएको छ । कांग्रेससँग गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेलाई समेत समेटेर बनाएको नयाँ गठबन्धनमा राप्रपालाई नसमेटिने भएको हो । 

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको आफ्ना नेताहरूलाई बताएका छन् । 


एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि राप्रपालाई नयाँ गठबन्धनमा नलिने बताएका छन् । एजेन्डा नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नसमेट्ने समझादारी भएको ओलीको भनाइ छ । 

र, यो पनि


Author

थप समाचार
x