दल

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

इकागज |
फागुन २७, २०८० आइतबार ६:३० बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पुनः बस्ने भएको छ ।

बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 


शनिबार बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको उनले बताए ।


Author

थप समाचार
x