राजनीति

मधेसको मरुभूमिकरण र युवा शक्ति विदेश पलायनले पूर्व राजा चिन्तित

इकागज |
माघ १३, २०८० शनिबार १८:११ बजे

फाइल तस्बिर

वीरगंज- वीरगंजमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिएको छ ।

नागरिक अभिनन्दनपछिको सम्बोधनमा पूर्व राजा शाहले मधेसको मरुभूमिकरण, युवा शक्ति विदेश पलायनबारे चिन्तित हुँदै भने, ‘अन्नको भण्डार भनिने, तराई मधेसको समथर उब्जाउ फाँट हाम्रो गौरवशाली इतिहास थियो, उद्यम, इलम, बजार र व्यवसायको आधार तराईको छुट्टै पहिचान, पौरख र प्रतिष्ठा बनेको थियो तर दुई तीन दशक यता मधेस उजाड बन्दै गइरहेको छ, यहाँका पोखरी, पानीको स्रोत, जलसतह कमजोर भइरहेको छ र मरुभूमिकरण भइरहेको छ, यो गम्भीर चिन्ताको विषय हो ।’


उनले राजपरिवार हत्या काण्डमा आफ्नो परिवारलाई जोडेर भ्रमको बादल बिच्छाउने काम भएको सम्झिए । उनले भने, ‘राज्य व्यवस्था, राजनीति, अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सुधार, उपकार, विकास, निकासको बाटोमा सबै लाग्नुपर्छ, यसैमा हामी सबैको कल्याण छ ।’

पूर्व राजा ज्ञानेन्द्र शाहले मौलिकता, अस्तित्व पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लैजाने काम भएको बताएका छन् । उनले आफूले सत्ता छाड्दा बताएको सनातनदेखि कायम रहेको सुमधुर सामाजिक सम्बन्ध बिथोलेर देशको भलो नहुने विचारमा आफ्नो अडान कायमै रहेको बताए ।


Author

थप समाचार
x