राजनीति

राष्ट्रिय सभा निर्वाचन

लुम्बिनीमा माओवादीका सुवेदी र कांग्रेसका सापकोटा विजयी

इकागज |
माघ ११, २०८० बिहीबार १७:४३ बजे

घोराही- राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसकी विष्णुदेवी सापकोटा विजयी भएका हुन् । सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी भएका हुन् ।


घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको परिसरमा भएको निर्वाचनमा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसीलाई पराजित गर्दै सुवेदी र सापकोटा विजयी भएका हुन् । 

निर्वाचनमा सुवेदीले ५ हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी हुँदा सापकोटा ५ हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी भइन् ।


Author

थप समाचार
x