राजनीति

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ

इकागज |
पुस २०, २०८० शुक्रबार १५:२४ बजे

काठमाडौँ- अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई सफाइ पाएका छन् । २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । 

उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वाेच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो । सर्वोच्च अदालतले प्रचण्डले अदालतको अवहेलना गरेको ‘मागदाबी नपुग्ने’ आदेश सुनाएको हो ।


तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल र छविलाल अधिकारीलाई पक्राउ गरेपछि काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले अदालत शान्ति सम्झौताविपरीत जान लागेको आरोप लगाएका थिए।


Author

थप समाचार
x