राजनीति

पशुपतिको जलहरीमा भ्रष्टाचार: सदस्य सचिव थापासहित तीन जनाविरूद्ध मुद्दा

इकागज |
असोज १४, २०८० आइतबार १६:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा अख्तियारले उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको हो । तत्कालिन कोषाधयक्ष थापा हाल सदस्य सचिव छन् ।


अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

 


Author

थप समाचार
x