राजनीति

प्रधानन्यायाधीशमा श्रेष्ठ नियुक्त

इकागज |
भदौ ४, २०८० सोमबार २०:६ बजे

काठमाडौँ- कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदमा नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिको आजको बैठकले प्रधानन्यायाधीशमा उनको नाम सर्वसम्मत अनुमोदन भएको थियो । 


सन् १९५९ अक्टोबर १६ मा सिलगढी डोटीमा जन्मिएका श्रेष्ठले सन् १९८४ देखि सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए ।

श्रेष्ठले सन् २००४ मा गोरखा दक्षिणबाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिणबाहु चौथो प्राप्त गरेका थिए ।


Author

थप समाचार
x