राजनीति

नेताको आडमा विकास निर्माण रोक्ने ठेकेदारलाई तह लगाउने मन्त्री राईको चेतावनी

इकागज |
साउन २३, २०७९ सोमबार १६:३१ बजे

फाइल फोटो

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरुलाई तह लगाउने चेतावनी दिएका छन् । 

सोमबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरुलाई तह लगाउने चेतावनी दिएका हुन् । 


उनले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी भई रहेकाले बिस्तारै ठिक लगाउने बताए । मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम सक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरुलाई सरकारले नछोड्ने बताए । उनले सरकारकाले कुनैपनि नेताको नजिकको ठेकदार भएपनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताए । 

उनले अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको बताए । मन्त्री राईले मन्त्रीपरिषद्ले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । 

उनले भने, ‘गल्ती गर्ने ठेकेदारहरुलाई छोड्ने कुरा आउँदैन । सरकार कुनैपनि नेताको आडमा बसेर विकास निर्माणमा बेथिति निम्तयाउनेलाई छोड्दैनौँ । तर विकास निर्माणमा ठेकदारहरुको बेथिति छ । को कसको को कसको भन्ने ठेकेदारहरुले विभिन्न नेताहरुको खोल ओडेर ठेकेदारहरुले बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौं । बिस्तारै ठिक पार्छौं । तपाईहरु ढुक्क हुनुस् ठिक पार्छौं  । अब वैकल्पिक साहयक राजमार्ग मन्त्रीपरिषद्ले निर्णय गरेको छ । यसमा पनि बेथिति छ । गल्लीको बाटो पनि वैकल्पिक सहायक राजमार्ग छ । तर सहायक राजमार्ग पनि छन् । तत्कालका लागि जे भएपनि हामी कार्यान्वयन गर्छौं । भोसलको दिनमा सहायक राजमार्गको कम्तिमा मापदण्ड बनाएर कार्यान्वयन योजना हाल्ने प्रतिवद्धता जनाउँछौं ।’

मन्त्री राईले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति नभएको बताए । उनले स्वचालित मूल्य प्रणाली अनुसार नै भाडा समायोजन भई रहेको दाबी गरे । मन्त्री राईले कही कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाईका साथ कार्यान्वयन गर्न तयार रहेको बताए । उनले वैज्ञानिक भाडादर सरकार, निजी क्षेत्र र विज्ञहरु राखेर लागू गरिएको बताए । 

उनले भने, ‘सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरको कुरा उठ्यो । सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति चाँही छैन । लागू हुने÷नहुने कुरामा कतै गुनासो आयो भने कडाईका साथ लगाउँछौं । मन्त्री भएर आउँदा सार्वजनिक भाडादर बढेर पनि घटेको थियो । बढाउन भन्यो भने लागू कहिलेदेखि गरेको हो । सात दिनपछि लागू गरेर सात दिनपछि मैले भाडादर स्वीकृत गरेको हो । त्यो नै निरन्तर होस् भनेर यातायात व्यवस्था विभागका महानिर्देशकले भनेर मैले रोकेको हो । अहिले देखि लागू गरौं भने यो स्वचालित प्रणाली हो । यसमा सरकार, निजी क्षेत्र र विज्ञहरु राखेर गरिएको विषय हो ।’


 
 


Author

थप समाचार
x