राजनीति

अर्थमन्त्रालयको सिसिटिभी फुटेज हेरेर सरकारले स्पष्ट पार्नुपर्छ : नेम्वाङ

इकागज |
असार १६, २०७९ १५:० बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले करका दर परिवर्तन गर्दा अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा सिसिटिभी फुटेज हेरेर सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

संसद् दिवसका अवसरमा बिहीबार संसद् भवन बानेश्वरमा आयोजित कार्यक्रममा नेम्वाङले अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति गएर करको दायरा हेरफेर गरेको विषयमा प्रतिपक्षीले सदनमा आवाज उठाइरहेको भन्दै यस विषयमा सिसिटिभी फुटेज हेरेर सरकारले जवाफ दिनुपर्ने बताएका हुन् ।


त्यस्तै उनले एसपीपीका विषयमा पठाइएको पत्रका विषयमा प्रश्‍न उठेपछि रक्षा मन्त्रालय र सेनाले उक्त पत्र सदनमा पठाउनुपर्ने जिकिर गरे । सदनमा पत्र आइसकेपछि त्यसमा संलग्‍नका बारे स्पष्ट हुने र संसद्को भूमिका पनि प्रभावकारी हुने उनको भनाइ छ । उनले सांसदहरूले उठाएका प्रश्‍नहरूको स्पष्ट जवाफ आउन नसके सदन कमजोर हुने धारणा राखे । नेम्वाङले प्रतिपक्षीलाई बाहिर राखेर छलफल गर्ने कुरा संसदीय अभ्यासभित्र नपर्ने भन्दै यसमा सवैले ध्यान दिनुपर्ने उल्लेख गरे ।

उनले अहिले पनि उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको पद खाली रहेको भन्दै यसको जिम्मेवारी सवै दलले लिनुपर्ने बताए । 



Author

थप समाचार
ad
x