राजनीति

७४४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक : कसले कति जिते ?

इकागज |
जेठ ११, २०७९ बुधबार ८:४८ बजे

काठमाडौँ- हालसम्म ७४४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले पहिलो स्थानमा छ भने नेकपा एमाले दोस्रो स्थानमा छ । त्यस्तै  नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

यो समाचार तयार पार्दासम्म कांग्रेसले ३२४ पालिका जितेको छ । एमालेले २०३ पालिका जितेको भने माओवादीले १२१ पालिका जितेको छ ।


त्यसैगरी जनता समाजवादीले ३०, नेकपा एकिकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६, राप्रपाले ४ पालिका प्रमुख जितेका छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाले ४, नागरिक उन्मुक्ति पार्टीले ४, जनमत पार्टीले २, नेपाल मजदुर किसान पार्टीले १, जनता प्रगतिशील पार्टीले १, तराई-मधेश लोकतान्त्रिक पार्टीले १ र विवेकशील साझा पार्टीले १ पालिका प्रमुख जितेका छन् ।

त्यस्तै स्वतन्त्रका १२ जनाले पालिका प्रमुख जितेका छन् ।


Author

थप समाचार
x