राजनीति

कलैयामा नवनिर्वाचित मेयरलाई तौल बराबरको लड्डुले स्वागत

इकागज |
जेठ ७, २०७९ १९:३९ बजे

बारा – बारा सदरमुकाम कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयर विनोद साह, उपमेयर रौशन प्रवीणसहित १० नम्बर का वडाध्यक्ष मोहमद सबिरलाई समर्थकले उनीहरूको तौल बराबरको लड्डुले स्वागत गरेका छन् ।

आज विजय र्‍याली गर्ने क्रममा वडा नम्बर १० मा पुगेका उनीहरूलाई स्थानीय महमद गजनी ठकुराईले जनप्रतिनिधिलाई काँटामा राखेर उनीहरूकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन् ।


स्वागतपछि मेयर साहले स्थानीयले आफूमा धेरै भरोसा गरेकाले आफ्नो कार्यकालमा कुनै जात तथा समूह नहेरी नगरवासीको निम्ति कार्यगर्ने बताए ।

आफूलाई स्वतन्त्र बताउने ठकुराईले नवनिर्वाचित जनप्रतिनिधिले जातपात नहेरी काम गर्ने विश्वासमा लड्डु बाँडेको बताएका छन् ।

कलैयाको मेयरमा साह २४ हजार १३९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत ल्याए । २०७४ सालको निर्वाचनमा साहलाई हाल पराजित भएका नेपाली कांग्रेसका यादवले हराएका थिए । 

उपमेयरमा परविनले १९ हजार २५१ मत प्राप्त गरी विजयी भएकी हुन् । उपमेयरमा निकटतम प्रतिद्वन्द्वी प्रमोद गुप्ताले ८ हजार ३०२ मत पाए ।



Author

थप समाचार
ad
x