दल

मधेसमा राष्ट्रिय सभा चुनावका क्रममा गाडीमा तोडफोड, ६ जना पक्राउ

सुभाष कर्ण |
माघ १२, २०७८ बुधबार १५:४५ बजे

जनकपुरधाम – मधेश प्रदेसमा कडा सुरक्षाका बीच राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताहरुले पूर्व घोषित कार्यक्रमअनुसार निर्वाचनको विरोध गर्दा कडा सुरक्षाका बीच जनकपुरधाममा निर्वाचन सम्पन्न भएको हो । 

कडा सुरक्षाका बीच भएको मतदानमा ३ सय ७२ मतदाता मध्ये ३ सय ६६ जनाले मात्र मतदान गरेका छन ।  दुई जना प्रदेश सभा सदस्य र ४ जना स्थानीय जनप्रतिनिधि सहित ६ जनाले मतदान गर्न नसकेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन । जनमत पार्टीका कार्यकर्ताको अवरोधका कारण मतदान स्थलसम्म ती मतदाताहरु पुग्न नसकेको बुझिएको छ । 


मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता रहेकोमा १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेका छन् । त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका छन् । मधेश प्रदेशमा २ पदका लागि मतदान भएको हो । महिला र अन्य तर्फ मतदान भएको हो । अब साढे ३ बजेपछि मतगणना हुने प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले बताए ।

साेही क्रममा जनमत पार्टीका नेता कार्यकर्ताहरुले मतदान स्थल जनकपुरधामस्थित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान नजिक विरोध प्रदर्शन गर्दा प्रहरीसँग झडप समेत भएको छ । मतदान स्थलबाट जनमत पार्टीका कार्यकर्ताहरु लखेटिएपछि पिराडी चौकमा पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरी करिब चार घण्टासम्म प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच दोहरो झडप समेत भएको छ । 

जनमत पार्टीका कार्यकर्ताहरुले मूल बाटोमै प्रदर्शन गरिरहेको कारण प्रहरीले स्कटिंग गरी मतदाताहरुलाई मतदान स्थलसम्म पुरयाउने र पठाएको थियो । झडपको क्रममा प्रहरीले एक दर्जनभन्दा बढी राउण्ड हवाई फायर र आश्रुग्यास प्रहार गरेको छ । 

प्रदर्शनकारीहरुले सातवटा मतदाताको सरकारी नम्बर प्लेडको गाडीमा तोडफोड गरेका छन् उनीहरुकाेको ढुंगामुढा लागेर ४ जना प्रहरी घाइते भएका छन् । त्यस्तै ६ जना प्रदर्शनकारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक बसन्त रजौरे जानकारी दिए। 

जनमत पार्टीका कार्यकर्ताहरुको प्रदर्शनको क्रममा एक चिकित्सक समेत घाइते भएका छन् । बर्दिबास जाँदै गरेका जलेश्वर अस्पतालका निमित्त प्रमुख डा.सतिस साहमाथि पीडारी चोकमा जनमतका कार्यकर्ताहरुले सरकारी गाडीको दुरुपयोग गरेको भन्दै आक्रमण गरेका थिए ।

आक्रमणमा परि मेसु प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडी पुर्ण रुपमा क्षतिग्रस्त घाइते भएका डा. साहको मुखमा ८ वटा टका लागेको प्रहरी उपरीक्षक रजौरेले बताए । त्यस्तै प्रदर्शनकारीहरुले सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख सवार गाडीमा तोडफोड गरेको छ । प्रमुख गणेश प्रसाईँ र उपप्रमुख रेणुका पौडेल सवार प्रदेश २–०३–००१ झ ००२० नम्बरको गाडीमा तोडफोड गरेका छन् । सोही क्रममा प्रमुख प्रसाईलाई चोट पटक समेत लागेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x