दल

'सत्ता र सरकारमा बस्‍नेहरूको गलत व्यवहारका कारण देश संकटको अवस्थामा पुग्यो'

इकागज |
बैशाख १०, २०८१ सोमबार १९:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र सरकारमा बस्नेहरूको गलत व्यवहारका कारण देश संकटको अवस्थामा पुगेको बताएका छन् ।

नेकपाको ७६ औं स्थापना दिवसको अवसरका नेकपा मसाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै केसीले सहकारी ठग, ठूलाठूला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भइसकेको बताए ।


सत्तामा गएकाहरू साम्राज्यवादीको एजेण्डा बोकेर देशलाई लुटेको आरोप लगाउँदै संसदमा साम्राज्यवादी पसेको उनले बताए । उनले भारतीय र अमेरिकी साम्राज्यवादले नेपालको भलो नचाहेको बताउँदै अमेरिकाले संसदमा पार्टी खोलिसकेको दाबी गरे ।

आधारभूत रुपमा कम्युनिष्टको सिद्धान्त र आचरणमा रहेकाहरूसँग एकताका लागि सधैं एकताको ढोका खुल्ला रहेको अध्यक्ष केसीको भनाइ छ ।

 


Author

थप समाचार
x