दल

कांग्रेस र नेपालका अन्य कम्युनिष्टधारी पार्टीबीच कुनै फरक रहेन : मोहन वैद्य

इकागज |
बैशाख १०, २०८१ सोमबार १८:२५ बजे

काठमाडौँ- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले कांग्रेस र नेपालका अन्य कम्युनिष्टधारी पार्टीबीच कुनै फरक नरहेको बताएका छन् ।

१५५ औं लेनिन जयन्तीको सन्दर्भमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा वैद्यले नेपालका कम्युनिष्ट पार्टीहरूमा अवसरवाद हावी भएको भन्दै उनीहरू कांग्रेसभन्दा फरक नरहेको बताएका हुन् । नेपालमा बामपन्थी र कम्युनिष्टहरूको पक्षमा राम्रो जनमत रहेकाले कम्युनिष्ट भनिएका पार्टीहरूले त्यसको फाइदा उठाइरहेको उनले बताए । उनले अहिले नेपालमा सच्चा कम्युनिष्टकारीको धार कमजोर रहेको पनि बताए ।


वैद्यले प्रतिक्रियावादको भण्डाफोर गर्दै सच्चा क्रान्तिकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने धारणा राखे ।​ उनले अब सच्चा क्रान्तिकारी शक्ति मिलेर नयाँ क्रान्तिको तयारी गर्नुपर्ने धारणा राखे ।


Author

थप समाचार
x