दल

राप्रपा नेपालको सह-प्रवक्तामा थापा मनोनीत

इकागज |
बैशाख ५, २०८१ बुधबार १७:३९ बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष  कमल थापाले पार्टीको विधान बमोजिम भक्तबहादुर थापा (काठमाडौँ) लाई पार्टीको सह-प्रवक्ता पदमा मनोनयन गरेका छन् ।  

थापाले २७ वर्ष गोरखापत्र संस्थानको विभिन्न प्रकाशनसँग आबद्ध भएर पत्रकारिता गरेका थिए । केही दिनअघि अवकाश भएका थापा गोरखापत्र संस्थानबाट प्रकाशित 'मुना' को सम्पादक थिए ।



Author

थप समाचार
x