दल

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी

इकागज |
चैत २६, २०८० सोमबार १७:५३ बजे

काठमाडौँ- नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी भएका छन् ।

निर्वाचन समितिका अनुसार विजयी आचार्यले २२९ प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी चेतनाथ सञ्जेलले १५४ प्राप्त गरेका । त्यस्तै अर्को प्रतिष्पर्धी दिनेश कार्कीले ८१ मत पाए भने सुवर्ण श्रेष्ठले ९ मत पाएका छन् ।


त्यसैगरी उपाध्यक्षमा १७३ मत पाएर मञ्जली शाक्य विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी हरिगोविन्द श्रेष्ठले ११५ मत पाए । त्यस्तै सचिवमा राम राउतले १७९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी रत्न महर्जनले ११२ मत पाए ।

उपसचिवमा प्रभाकर थापा १५४ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी श्याम बजगाईले ९९ मत पाएका थिए । त्यसैगरी महिला उपसचिवमा आशा राई विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

आज विहान ७ बजेर ४५ मिनेटबाट सुरु गरिएको मतदान अपरान्ह टुंगिएसँगे मत गणना गरिएको थियो । विद्युतीय मेसिनबाट मतदानका कारण मतपरिणाम छिटो आएको निर्वाचन समितिले बताएको छ ।


Author

थप समाचार
x