दल

कुनै पनि विषयमा प्रश्न उठेपछि सत्यतथ्य बाहिर ल्याउने काम सरकारको हो : प्रदीप पौडल

इकागज |
चैत २६, २०८० सोमबार १५:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप पौडलले कुनै पनि विषयमा प्रश्न उठेपछि सत्यतथ्य बाहिर ल्याउने काम सरकारको भएको बताएका छन् ।

नयाँ वर्षका अवसरमा सोमबार काठमाडौँमा चियापान कार्यक्रमको आयोजना गर्दै नेता पौडेलले सरकारमा बसेर अरूलाई प्रश्न उठाउने काम मात्रै गर्न नहुने भन्दै सुशासनलाई अवलम्बन गर्ने सरकारले कुनै पनि विषयमा प्रश्न उठेपछि सत्यतथ्य बाहिर ल्याउने काम गर्नुपर्ने बताए ।


राज्यको संयन्त्र विश्वसनीय नरहेको भन्दै उनले कांग्रेसले उठाएका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने धारणा राखे ।

सहकारी प्रकरणमा राजीनामाको विषय व्यक्तिको नैतिकताको कुरा भएको र अहिलेको अवस्थामा छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने उनले बताए ।

नेता पौडेलले आफू निर्दोष छ भने संसदीय छानबिन समितिबाट डराउनुपर्ने कुनै कारण नरहेको धारणा राखे ।


Author

थप समाचार
x