दल

रास्वपाले भन्यो - कांग्रेसले राखेको संसदीय दल गठनको माग अस्वीकार गर्छौं

इकागज |
चैत २६, २०८० सोमबार १५:३६ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसले राखेको माग अस्वीकार गरेको छ ।

सभामुखसँगको छलफलपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भावनामा जोडेर कसैलाई बलिको बोका बनाउन नपाइने भन्दै कांग्रेसले माग गरेअनुसारको संसदीय दलको गठनको माग आफूहरूले अस्वीकार गर्ने बताए ।


परियारले भोलिको बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक पेस गर्ने दाबी गरे ।

सहकारी प्रकरणमा समाधानसहितको प्रतिवेदन रास्वपाले यस अघि नै पेश गरेको बताउँदै गृहमन्त्रीमाथि समिति बनाएर कारबाही गर्ने विषय मात्र सहकारी समस्याको समाधान नभएको उनले बताए ।
    


Author

थप समाचार
x