दल

कांग्रेस-एमालेबीच गठबन्धन हुन जरुरी छ : शशांक कोइराला

इकागज |
चैत २५, २०८० आइतबार २०:४९ बजे

दाङ- नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस र एमालेबीच गठबन्धन हुन जरुरी रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन दाङले आइतबार लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले आफूले कांग्रेस र एमालेको नयाँ गठबन्धनको सम्भावना देखेको बताएका हुन् । 


उनले भने, 'मुलुकमा नयाँ राजनीतिक समीकरणको सम्भावना मैले देखिरहेको छु, यो समीकरण नेपाली कांग्रेस र एमालेका बीचमा हुने छ, र यो गठबन्धन हुने उच्च सम्भावना छ ।’

यो सरकार धेरै दिन नचल्ने दाबि गर्दै कोइरालाले यसको विकल्पको रुपमा कांग्रेस र एमालेबीचको समीकरण नै भएको बताएका छन् । उनले भने, ‘मुलुकमा स्थायित्व आवश्यक छ, यो स्थायित्वका लागि कांग्रेस र एमालेबीच गठबन्धन हुनु जरुरी छ । यसर्थ यो गठबन्धनको अपरिहार्य म देख्छु ।’

कांग्रेस एमालेका बीचमा नयाँ समीकरण निर्माण गर्ने सवालमा अहिले छलफल समेत भइरहेको उनले बताए ।


Author

थप समाचार
x