दल

राप्रपाले भन्याे - प्रदेशमा सरकार बनाउन नयाँ सत्ता समीकरणलाई समर्थन गर्दैनाैं

इकागज |
चैत २१, २०८० बुधबार १८:१६ बजे

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार निर्माणका लागि नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गरेको छ । 

बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकले प्रदेश सरकार गठनमा नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गर्दै आवश्यक परेमा कांग्रेसको नेतृत्वमा हुने विपक्षी गठबन्धनलाई समर्थन गर्न सक्ने निर्णय गरेको हो ।


त्यस्तै प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देललाई दिएको छ । प्रदेश सरकारका निर्माणका लागि राप्रपा गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा महत्वपूर्ण अवस्थामा छ । राप्रपाले समर्थन गर्ने अवस्थामा सत्ता गठबन्धनलाई लुम्बिनी, गण्डकी र सुदूरपश्चिममा सजिलो हुने अवस्था रहेको छ ।

राप्रपाले चैत अन्तिम सातादेखि सुरु गर्ने आन्दोलनको तयारीबारे पनि छलफल गरेको छ ।


Author

थप समाचार
x