दल

संसदमा गृहमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले असंसदीय काम गर्यो- डा. स्वर्णिम वाग्ले

इकागज |
चैत २१, २०८० बुधबार १४:३४ बजे

फाइल फाेटाे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्ले संसदमा सहकारीको महाकाव्य लेख्ने प्रयत्न गरिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद वाग्लेले गृहमन्त्रीलाई संसदमा बोल्न नदिएर असंसदीय काम गरिएको आरोप लगाएका छन् । उनले संसदमा बोल्न नदिएर कस्तो संसदीय अभ्यास गर्न खोजेको हो भन्दै प्रश्न गरेका छन् । संसदमा यो हदसम्मको असहिष्णुताले प्रश्न उठाएको समेत उनले बताए । 


उनले आरोप लाग्ने बित्तिकै राजीनामा गर्ने हो भने त्यो सहमति गर्न चुनौती दिएका छन् । उनले गृहमन्त्रीले जवाफ दिन चाहेको बताइरहेको बेला बोल्न नदिएको प्रति  असन्तुष्टि व्यक्त गरे । 

सांसद वाग्लेले प्रतिपक्षले सहकारीको महाकाव्य नै लेख्न खोजेको भएपनि समाधान दिन नसकेको आरोप लगाए । उनले सहकारी र लघुवित्तको समस्या समाधान गर्न यसै संसदबाट विधेयक बनाएर अगाडि बढ्न आग्रह गरेका छन् ।
  


Author

थप समाचार
x