दल

के-के बिषयमा भएको हो बालुवाटारमा एमाले, माओवादी र रास्वपाबीच सहमति ?

जीवन कुँवर |
फागुन २१, २०८० सोमबार ८:४ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच मिलेर जाने मौखिक सहमति भएको छ । आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल मिलेर जाने मौखिक सहमति भएको माओवादीका एक नेताले इकागजलाई जानकारी दिए ।

ति नेताका अनुसार सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा मिलेर जाने सहमति भएको हो । आइतबार कानुनमन्त्री धनराज गुरूङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक रोकेपछि कांग्रेससँग संशकित बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार राति एमाले, रास्वपालगायत अन्य दलहरूसँग सहमति गरेको ति नेताले इकागजलाई बताए ।


कांग्रेससँगको सत्ता सहकार्य के हुन्छ भन्ने इकागजको प्रश्नमा प्रचण्डसँग निकट रहेका ति नेताले भने 'ठ्याक्कै यहि हुन्छ भन्ने स्थिति छैन् । सत्ता साझेदारी भएपछि प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्नेमा उल्टै असहयोग गरिरहेको छ ।' एमालेसँग पनि हामीले छलफल जारी राखेका छौँ । आजै केहि टुंगो लाग्ला ।'


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x