दल

एमाले कोशी प्रदेश कमिटीद्वारा ११ सदस्य मनोनीत

इकागज |
मंसिर ४, २०८० सोमबार १९:२९ बजे

विराटनगर- नेकपा एमालेको कोशी प्रदेश कमिटीमा ११ जना मनोनीत भएका छन् । प्रदेश कमिटी बैठकले ११ जनालाई प्रदेश कमिटीमा मनोनीत गरेको हो ।

मनोनीत हुनेमा मोरङका भुराज राई, नागेश पोखरेल, पर्शुराम बस्नेत, अरुण राठी रहेका छन् । सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, संखुवासभाका बद्री सापकोटा, भोजपुरका देवीराम चौंलागाईं, रामसिंह राई, खोटाङका तेज ढुंगाना, सुनसरीका प्रमोद शेर्पा र झापाका घनेन्द्र योङ्वा सुब्बालाई सदस्यमा मनोनीत गरिएको हो ।


एमालेको विधान अनुसार प्रदेश कमिटीले कुल सदस्य संख्याको १० प्रतिशत सदस्य मनोनीत गर्न पाउँछ । २१५ सदस्यीय प्रदेश कमिटीमा २५ जना मनोनीत गर्न पाउने भए पनि पहिलो चरणमा ११ जना मनोनीत गरिएको छ ।

प्रदेश कमिटी बैठकले ३८ सदस्यीय सचिवालय पनि गठन गरेको छ ।

पार्टी स्कुल विभागको प्रमुखमा अध्यक्ष घनश्याम खतिवडा, निर्वाचन विभाग प्रमुखमा टिकाराम चेम्जोङ, संगठन विभाग प्रमुखमा राजकुमार भण्डारी, विज्ञान तथा प्रविधि विभागमा देवान राई, सहरी विकास विभागमा जलवर्षा राजवंशी, संसदीय विभागमा अम्बरबहादुर रायमाझी, प्रचार तथा प्रकाशन विभागको प्रमुखमा लछुमन तिवारीलाई मनोनीत गरिएको छ ।

वित्तीय तथा कोष व्यवस्थापन विभागमा लालप्रसाद लिम्बू, स्थानीय तह विभागमा प्रेमबहादुर राई, कृषि तथा पशुपंक्षी विभागमा चित्रकुमारी सुब्बा, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा रमेश पोखरेल, भौतिक पूर्वाधार विभागमा रामसिंह राई, शिक्षा तथा मानवस्रोत विभागमा सत्यनारायण चौधरी, अर्थ तथा योजना विभागमा सिर्जना राई, उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा उमेश डालमिया, खानेपानी तथा सरसफाइ विभागमा नरेन्द्र बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागमा मोहन डाँगी र प्रदेश मामिला तथा सामान्य प्रशासन विभाग ज्ञानेन्द्र सुवेदीलाई मनोनीत गरिएको छ ।


Author

थप समाचार
x