दल

देशको आर्थिक र राजनीतिक अवस्था भयावह : कोइराला

सुभाष कर्ण |
भदौ ८, २०८० शुक्रबार १८:१६ बजे

जनकपुरधाम- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको सत्ता शासनमा बसेका कारणले गर्दा देशको वर्तमान आर्थिक र राजनीतिक अवस्था भयावह अवस्थामा रहेको बताएका छन् ।

शुक्रबार नेपाल वित्तीय संस्था कर्मचारी संघ, ग्रामीण लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय समितिको तेस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता कोइरालाले देशको अवस्थाबारे मिडिया र सामाजिक सञ्जालमा आइरहेको भन्दा पनि निकै बढी भयावह अवस्था रहेको दाबी गरे ।


उनले भने, 'देशका सत्ता शासनमा बसेकाहरूले जबसम्म भ्रष्टाचार र दण्डहीनता गर्नेलाई कानुनको कठघरासम्म पुर्याएर पारदर्शिता स्वीकार गरी सुशासन कायम गर्दैन तबसम्म जनताले पत्याउँदैन र देश विकास गर्न सक्दैन ।'

नेता कोइरालाका अनुसार अमेरिकाले केही पहिला तयार पारेको प्रतिवेदन अनुसार नेपालको डिएफआईको धेरै सम्भावना छ तर भ्रष्टाचार र दण्डहीनताको अन्त्य, पारदर्शिता र नेता तथा कर्मचारीहरूमा इमान्दारिता नआएसम्म ती सम्भावनाहरूलाई प्रयोग गर्न सक्ने छैन । 

उनले भने, 'हाम्रो देशलाई विदेशी शक्तिहरूले ठूलो आँखा नियालिरहेका छन् । देशको वर्तमान भयावह बारे गम्भीर भई चिर्नतर्फ लागेनौँ भने अवस्था झन् खराब भएर जानेछ । शासन सत्तामा बसेका सहितका राजनीतिक दलहरू व्यक्तिगत स्वार्थ त्यागेर देशका लागि इमानदार भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको छ । यदि त्यसो नगरे देश डुब्ने अवस्थामा जान सक्छ । त्यसैले समय छँदै सच्चिनु जरुरी छ ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x