दल

सरकारमा जाने तयारी गर्न एकीकृत समाजवादीले बनायो तीन सदस्यीय कार्यदल

सबै कुराको टुंगो लागेपछि मात्रै सरकारमा जाने निर्णय गर्छौँ : झलनाथ खनाल

इकागज |
चैत ७, २०७९ मंगलबार १४:३ बजे

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जान पार्टी अध्यक्ष माधव नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको सचिवालयले बैठकले कार्यदल गठन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार कार्यदलमा अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका छन् । 

कार्यदलले पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीहरूले गर्ने काम, नीति निर्माणका बिषयमा छलफल गर्ने उनले बताए । त्यस्तै कार्यदलले केन्द्रदेखि प्रदेश मन्त्रालयको बाँडफाँट र सरकारको एजेन्डाहरूका बारेमा छलफल गर्ने उनको भनाइ छ । 


त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सरकारमा जानका लागि नीति, सिद्धान्त र कार्यक्रम, मन्त्रीको बाँडफाँटलगाएतका विषयमा कार्यदलले प्याकेजमै निर्णय गर्ने जानकारी दिए । ‘सरकारमा के नीति कार्यक्रमका साथ जाने ? हाम्रो पार्टीको निम्ति के कति हिस्सेदारी हुन्छ ? सबै कुराको टुंगो लागेपछि मात्रै हामी सरकारमा जाने निर्णय गर्छौँ,' उनले भने, 'त्यसको लागि अध्यक्षज्यूको नेतृत्वको टीमले कुराकानी गर्छ । त्यो प्याकेजअनुसार हामी निर्णय गर्छौं । सरकारमा कुन नीति, सिद्धान्त र कार्यक्रमको लागि जान्छौं । त्यो टुंगिएपछि मात्रै हामी मन्त्रालयको संख्यामा जान्छौं ।'

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा पनि छलफल भएको उनको भनाइ छ । 


Author

थप समाचार
x