दल

रवि लामिछाने सरकारमा जानु गल्ती : भण्डारी

इकागज |
माघ १६, २०७९ सोमबार १७:१३ बजे

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अहिलेको सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने बताएका छन् ।​

रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको उल्लेख गर्दै सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्न नमिल्ने भन्ने अहिलेको बहसलाई लक्षित गर्दै उनले दीर्घकालीन सोचका आधारमा यो निर्णयमा कांग्रेस पुगेको र संसारका दर्शन र सिद्धान्त सधैंका लागि नहुने धारणा राखे ।


साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आगामी पाँच वर्ष सरकारमा जानु गल्ती भएको उनले बताए ।​

साक्षात्कारमा एमालेका नेता शेरबहादुर तामाङले सरकार गठनका बेलामा भएको सहमतिअनुसार राष्ट्रपतिको निर्वाचनमा एमालेले उम्मेदवार उठाउने र उक्त उम्मेदवारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन गर्ने बताए । उनले एजेण्डाको आधारमा नेपाली कांग्रेसलाई पनि लिएर राष्ट्रिय सहमति खोज्न एमाले सकारात्मक रहेको बताए ।

त्यस्तै जसपाका नेता राजकिशोर यादवले राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सार्नुपर्ने भन्दै दलविशेषको व्यक्तिलाईअघि सार्न नहुनेमा जोड दिए । विगतमा दलीय आधारमा राष्ट्रपति नियुक्त गर्दा कार्यकारीले गरेका निर्णय रोक्ने र उल्टाउने काम भएको भन्दै अब त्यस्तो गल्ती दोहोर्याउन नहुने उनको भनाइ छ ।

यादवले आफूहरू राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति निर्वाचित गर्ने पक्षमा रहेको पनि बताए । 


Author

थप समाचार
x