दल

जसपा केन्द्रीय कार्यकारिणी बैठक : बाबुराम पक्षका नेताहरू भन्छन्, अहिलेसम्म खबर आएको छैन

इकागज |
असार १८, २०७९ शनिबार १०:३८ बजे

काठमाडौं - अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम पक्षधरले भने अनभिज्ञता प्रकट गरेका छन् । आगमी २७–२८ असारमा बोलाइएको केन्द्रीय कार्याकारिणी समिति बैठकबारे भट्टराई पक्षधर अनभिज्ञ देखिएका हुन् । 

‘केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइयो भन्ने सुनेको छु । तर अहिलेसम्म खबर आएको छैन्,’ सांसदसमेत रहेकी केन्द्रीय कार्यकारिणी समितिका सदस्य अमृता अग्रहरीले भनिन्, ‘उपेन्द्रजीले संसदीय दलको बैठक बोलाउँदा होस वा पार्टीको छलफल चलाउँदा होस कसैलाई बोलाउने कसैलाई नबोलाउनु गर्दै आउनु भएको थियो, यही होला भनेर बुझौं ।’ 


ईमेल, मोवाइल म्यासेजमार्फत बैठकको जानकारी गराउँदै आउने चलन भए पनि अहिलेसम्म भट्टराई पक्षधरका नेताहरूले बैठकबारे सूचना पाएका छैनन् । 

उता, यादव पक्षधर नेता मनिष सुमनले भने बैठकबारे इमेलमा जानकारी आएको बताए । ‘मलाई चाँहि बैठकमा उपस्थित हुनका लागि इमेल आएको थियो तर केही साथीहरूले कुनै खबर पाइएन भनिरहनु भएको छ, सायद बैठक आउन अझै केही दिन बाँकी रहेकाले पनि खबर आउन ढिलाइ भएको होला’ सुमनले भने ।   


Author

थप समाचार
x