दल

मैले पार्टीको जग हालेको ठाउँमा धेरै ठूला ठूला नेताहरू पैदा हुनुभएको छ : वामदेव गौतम

इकागज |
असार १४, २०७९ मंगलबार १६:४ बजे

काठमाडौँ–नेता वामदेव गौतमले आफूले पार्टीको जग हालेको ठाउँमा धेरै ठूला ठूला नेताहरू पैदा भएको दाबी गरेका छन् । गौतमले मंगलबार ‘नेकपा राष्ट्रिय एकता पार्टी’ को घोषणा कार्यक्रमा बोल्दै यस्तो बताएका हुन् । 

 ‘मैले ७ वर्षको हुँदा कम्युनिष्ट आन्दोलनमा आपूmलाई समावेश गरेको हुँ,’ उनले भने, ‘ २०२६ सालदेखि म व्यक्तिगत आकांक्षा, सम्पत्ति र व्यक्तिगत इच्छा पूरा गर्न छाडेर कम्युनिष्ट आन्दोलनको निम्ति विकास गर्न म पूर्णकालिन भएर भूमिका खेलेको थिएँ । मैले धेरै धेरै कठिन परिस्थितिमा पार्टी निर्माण गरेको छु । मैले पार्टीको जग हालेको ठाउँमा आज धेरै ठूला ठूला नेताहरू पैदा हुनुभएको छ ।’



उनले आफूले तात्कालिन पार्टी मालेको जग हालेको दाबी गरे । उनले आफूले कुनै कम्पनी खोलेर कुनै व्यवसाय गरेर आफ्नो व्यक्तिगत आकांक्षा लाभ पूरा गर्न नलगाएको बताए । 


Author

थप समाचार
x