संसद्

उत्तरपुस्तिका हराएर लापरबाही गर्नेलाई तत्काल कारबाही गर्न माग

इकागज |
चैत १८, २०८० आइतबार १२:१८ बजे

फाइल तस्बिर

काठमाडौं - नेकपा एमालेकी सांसद विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएर लापरबाही  गरेको भन्दै कारबाही गर्न माग गरेकी छन् ।

उनले आइतबारको प्रतिनिधिसभा बैठकमा गत वैशाखमा भएको जनसंख्या र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीको नतिजा आउनुपर्नेमा पुनः परीक्षा दिनुपर्ने सूचना प्रकाशित गरेर निर्देशन दिएको बताइन् । 


“उनीहरूको नतिजा होइन, उत्तरपुस्तिका हराएको र पुनः परीक्षा दिनुपर्ने निर्देशनसहितको सूचना त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको छ,” उनले भनिन् । 

भट्टराईले १८३ परीक्षार्थीको उत्तरपुस्तिका हराएको विषयले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताइन् । 


Author

थप समाचार
x