संसद्

सहकारी प्रकरणमा मेरो नाम मात्र उल्लेख छ, अन्य संलग्नता छैन- गृहमन्त्री लामिछाने

इकागज |
चैत १४, २०८० बुधबार १४:२९ बजे

फाइल फोटो

काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा मेरो नाम बाहेक केही नभएको बताएका छन् । 

बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केही नभएको बताएका छन् । उनले यो विषयमा अदालतमा समेत मुद्दा दर्ता भएको आफूले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताएका छन् ।


गृहमन्त्री लामिछानेले यो विषयमा जहाँ प्रश्न उठ्छ त्यही उत्तर दिने बताउँदै आफूमाथि उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।  

समितिमा लामिछानेले आफूले कुनै किसिमको राजनीतिक पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले दुर्गा प्रसाईँले हतियार बोकेको विषय कानुनले दिएको भन्दा बढी अधिकार दिइएको पाइएको बताउँदै यस विषयमा मन्त्रालयले अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।


Author

थप समाचार
x