संसद्

राष्ट्रियसभा अध्यक्ष निर्वाचनको मिति सार्न काँग्रेसको प्रस्ताव

इकागज |
फागुन २७, २०८० आइतबार १३:१३ बजे

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्ष निर्वाचनको मिति सार्न प्रस्ताव गरेको छ । 

आइतबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचनको मिति परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । 


उनले बिदा भएर गएका सांसद र राष्ट्रियसभा अध्यक्ष मिलेर बनाइएको ‘क्यालेन्डर’अनुसार निर्वाचनको मिति तय हुन नहुनेमा जोड दिए ।

 ‘क्यालेन्डर’ अनुसार आउँदो फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ । 


Author

थप समाचार
x