प्रमुख समाचार

मिठाई दिँदै गृहमन्त्री लामिछानेले भने- नेताको चाकडी नभई जनताको हितमा काम गरौँ

इकागज |
बैशाख १, २०८१ शनिबार १४:१ बजे

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न प्रहरीलाई सुझाव दिएका छन् ।

नयाँ वर्षको अवसरमा काठमाडौँको थापाथलीमा सुरक्षामा खटिएका प्रहरी, चालक र यात्रुहरूलाई मिठाइ बाँडेर शुभकामना आदान प्रदान गर्दै गृहमन्त्री लामिछाने नागरिकका गुनासा सम्बोधन हुने गरि सभ्य व्यवहार गरेर काम गर्न प्रहरीलाई सुझाव दिएका हुन् ।


सो क्रममा उनले प्रहरीका गुनासा र समस्याहरूप्रति जानकार रहेको भन्दै प्याकेजमा नै समाधान गर्न छलफल गरेर काम गरिरहेको धारणा राखे । उनले नेताको चाकडी नभइ जनताको हितमा काम गरे संगठनमा बलियो रुपमा स्थापित हुन सक्ने बताए ।

त्यस्तै गृहमन्त्री लामिछानेले उपत्यकालाई २४ घण्टा नै चलायमान बनाउँदै आर्थिक अवस्था र रोजगारको सिर्जना गर्न सकिने उल्लेख गरे । २४ घण्टा नै व्यवसाय सञ्चालन गर्दा नियम र कानून कडाइका साथ पालना गराइने र नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने उनको भनाइ छ ।

त्यस्तै गृहमन्त्री लामिछानेले आगामी दिनमा बिभिन्न कार्यक्रमहरू कार्यान्वयनमा लिएर आउने धारणा राखे ।


Author

थप समाचार
x