साहित्य

‘अतिरिक्त अभिलेख’प्रति मेरो केही अभिलेखन

अनुभव कँडेल |
असार १६, २०८० शनिबार १४:४१ बजे

खासमा मैले बुकको रिभ्यु लेख्न खोजिराको थिएँ, केही समयदेखि, कुन तरिकाबाट लेख्ने  भन्ने चाहिँ थाहा थिएन । देवकोटाले भने झैँ, "शैलीमा विश्वास गर्नेसंग मेरो बिन्ति यत्ति छ कि म कुनै शैलीका निमित्त लेख्दिन, लेख्तछु लेख्नका र आफ्ना विचार भावहरुलाई सकभर सच्चा प्रकाशन गर्नका निमित्त प्राकृतिक तवरले जस्तो विषयमा मन जसरि डुल्यो, जस्तो झल्का-झल्की फेला पर्यो, उस्तै लेखिदिन्छु |”*(श्रीगणेशाय नम:, निबन्ध ) म नि उस्तै तरिकाले लेख्न चाहन्थे |

खासमा सुरुमा यो विचार आएको चाहिँ ElifShafekको10 Minutes 38 Seconds in This Strange World बाट थियो | तर त्यति बेला अल्छी गर्न मन लाग्यो | त्यो बुक कोन्यारेसन तरिकाले नै गज्जबसंग छोएको थियो | अनि विज्ञानलाई पनि त समेटेको छ त्यसमा। ( समाज कसरी चल्छ ? समाज यही पुरै ब्रह्माण्ड को त एउटा सानो रुप हो | कुनै पनि सिस्टम कसरी चल्छ ? चलिराको छ ?त्यसमा हुने विभिन्न तत्वहरु,  विभिन्न पक्षहरुलाई बुझ्नु र त्योसँग जुझ्नु आवश्वक छ ।  मैले यहाँ यो कुरा किन भन्नपुगे भने नि, कुनै पनि साहित्यमा सामान्यतया हामीलाई मनपर्ने भनेको नै त्यसको काल्पनिकता नै त हो | सबै भन्दा सुन्दर पक्ष र सुन्दर तत्त्व हामी मानवसँग भएको भनेकै त त्यही कल्पना गर्न सक्ने शक्ति र त्यसैमा हराउन सक्ने क्षमता त हो |


कुरा 10 Minutes 38 Seconds in This Strange Worldको नै गरौ | मान्छेको मृत्यु भैसके पछाडि करिब ( फेरी विज्ञानको भाषामा करिब भन्ने कुरा नै हुदैन, त्यहा त सत्य र तथ्यका कुराहरु गर्नु पर्ने हुन्छ । ) मान्छेको मृत्यु भैसके पछाडि 10 मिनेट 38 सेकेन्ड सम्म हाम्रो सोच्ने मस्तिष्कले काम गरिरहन्छ भनिन्छ | अनिShafekले त्यही विज्ञानको कुरामा आफू अडेर मज्जासंग काम गरेकी छिन | हो, मलाई त्यो कुराले गर्दा नै त्यो बुक को रिभ्यु लेख्न मन लागेको थियो तर खै के-के भएर अल्छी गरेँ मैले |

Processing

पाँचौ सेमेस्टरको फाइनल परिक्षा चलिरहेको थियो | हामी विद्यार्थी, खासमा म, दुइओटा विषयको बीचमा जति नै दिन ग्याप भए नि पढ्ने भनेको परिक्षाको अघिल्लो र अझै खासमा परिक्षाको दिनमा मात्रै हो | त्यही भएर बिचमा खाली रहेको एकदिनमा केहि पढ्न नि मन लागेन, अनि यतिकै कोठामा बसिरहन पनि मन लागेन | त्यसैले, विश्वबिद्यालयको सेन्ट्रल लाइब्रेरीजाने विचार आयो र म कोठाबाट निस्किएँ | लाइब्रेरी पुगेर म साहित्यको फाँटमा पसेँ र एकछिन एकदुई घण्टा लाइब्रेरीमै बसेर पढ्न मिल्ने सानो साइजको कुनै (जुन सुकै ) भएनी किताब खोज्न थाले, त्यही क्रममा महाकवि देवकोटाको ‘सुनको बिहान ’निकालेँ | जुन सारै नै सानो आकारको थियो, त्यसैले अर्को किताब नि खोज्न थाले | त्यही क्रममा हरियो, बैजनी, र सेतो रंगकोabstract कभर भएको, जसलाई के. के. कर्माचार्यले कोर्नु भएको रहेछ, दिनेश अधिकारीको ‘अतिरिक्त अभिलेख’ झिकेँ | दुई किताब समातेर मलाइब्रेरीको स्टडीरूममा बसेँ |

सुरुमा महाकविको सुनको बिहानलाई सरर नियाल्न पुगेँ म | एकलट सकेर फेरि हामीले सानैदेखि सुन्दै आएको कविताको पंक्तिहरुमा हराउन पुगेँ म |

''नटिप्नु हेर कोपिला!

नचुँड्नु पाप लाग्दछ ।

नच्यात्नु फूल नानी हो !

दया र धर्म भाग्दछ ॥"

अनि त्यसपछी अतिरिक्त अभिलेखका सुन्दर कविताहरुको अभिलेखहरुमा हराउन पुगे |

Questioning

शब्दहरुको पहाडमा के भयो भने हामी त्यसलाई कविता भन्छौ | मलाई प्रश्न गर्न मन लाग्छ | हामीले रचना रचिरहँदा, अरुका कृतिहरु पढिरहदा,.. ती विभिन्न आयामका, विभिन्न विधाका हुने गर्छन | खासमा यस्तो प्रश्नको सिलसिला मलाई बुद्धिसागरको कर्णाली ब्लुज पढ्ने बेला देखि भाको थियो | त्यी शब्दहरु, यी कुराहरुमा के भयो भने चाही त्यो उपन्यास हुन पुग्छ | फेरि काल्पनिकता को नै कुरा हुन आइपुग्छ,.. } दैनिकी लेखेर, शब्दहरु थुपारेर, यस्तो भयो उस्तो भयो भनेर हुन्छ र ?नाई, के भयो भने चाही त्यी शब्दहरुले एउटा छुट्टै संसारको निर्माण गर्छ ? के भयो भने ति व्यक्तिहरु पात्रको रुपमा रुपान्तरण हुन पुग्छन ? हो, कर्णाली ब्लुजपढी सकेपछि देखि मलाई रचनाहरु, आखिर, त्यी रचना, त्यी विधाका कसरि हुन पुगे भनेर प्रश्न गर्न मन लाग्छ |

प्रश्न किन गर्न मन लाग्छ, कि त त्यो अस्तित्व/ परिवेश कत्ति पनि स्वीकार हुँदैन, कि त अत्ति नै मन पर्छ| कर्णाली ब्लुजको हकमा त्यसको औपन्यासिकता स्वीकार गर्न नसकेर होला,..यामैले सुरुमा बुद्धिसागरको फिरफिरे पढेर,कर्णाली ब्लुजमा केही नयाँ नभेटेर हुन सक्छ | या त मलाई डाहा लागेको नि हुन सक्छ | लगभग सबैलाई नै अत्ति मन परेको नेपाली उपन्यास कर्णाली ब्लुज हो | अहिले त अंग्रेजीमा नि अनुवाद भएर विश्व चर्चा पाईरहेको छ, मलाई त्यसको इर्ष्या लागेको नि हुन सक्छ | खैर, जे होस् , होस |

म सोध्दै र सोच्दै थिएँ कि आखिर के भयो भने चाहिँ कविता कविता हुन्छ | सबैका आ-आफ्ना विचार र भावना हुन्छन | मेरो हकमा चाहिँ कविताले हामीलाई एकछिन भए पनि रोकाउने, सोचमग्न गराउन सक्ने हुनु पर्छ |

Review

अब हामी अतिरिक्त अभिलेख भित्रका केही कविताहरुलाई निहाल्यौ |

सुरुकै कविता'ईश्वर र मान्छे'ले मलाई एकछिन रोकायो | एकछिन गहिरो स्वास फेर्न बाध्य पार्यो | अ, त है यस्तै त भैराको छ है, आखिर किन यस्तो भैराको छ त भनेर सोच्न बाध्य तुल्यायो | मान्छेले ईश्वरसंग मात्र सुन्दरता माग्दा पनि सारा संसार दिँदा अझै फेरी मान्छेले बिनापरिश्रमको सम्पन्नता माग्दा ईश्वरले मान्छेको त्यो अवस्था, त्यो स्वभावलाई देखेर  रोएको कुरा छ |

यस्तै कालो रातमा पनि फुलले आफूमा रंग भरेको कुरालाई कविले हाम्रो जीवनसँग पनि जोड्न अनि जीबनका दुख, सुखका प्रक्रियाहरु बुझ्न झक-झकाएक छन् | चुपचाप चुपचाप राति नै फूलले आफ्ना पत्रहरुमा सबै रंग भर्दो रहेछ भनेर कवि‘पराजित आतंक’ कवितामा छक्क पर्नु भएको छ |

आकासले आफूलाई पछ्याइरहेको कुरा, आकासले मान्छेलाई गरेको नि:स्वार्थ मायालाई कविले मज्जासंग कस्तो मीठो तरिकाले त्यक्त गर्नु भएको छ | आफू जति उचाइमा पुगे पनि, जति सम्पन्नतामा पुगे पनि मान्छेलाई खोज्दै धर्तीसम्म आइपुगेको कुरा, अझ धर्तीमा नि भेट्टाउन नसकेपछि मान्छेलाई धर्ती भन्दा पनि तल पुगेर मान्छेलाई खोज्ने कुरा गरेका छन् | आहा, कति निस्वार्थ माया आकाशको |

फौलिन त कसले जित्न सक्थ्यो र आकाशलाई तर पनि मायामा आफू साँघुरिन पनि जानेको छ आकासले | ( के हामी आफु कहिले मायामा साघुरिएका छौ ?.. अहिलेको यो आर्थिक, सामाजिक अवस्थामा माया भन्दा पनि अरु नै कुराहरु बडी हावी भैरहेका छन् | ) पोखरी नै नहुनेलाई पनि उनीहरुसंग जे छ: चम्चा, बटुको, थाल, जो सँग जे छ, त्यसैमा आउने अनि अटाउने आकाशको साघुरिने पनलाई अह कसैले जित्न सक्दैन र कसैले त कल्पना नै गर्न सक्दैनन् निःस्वार्थ प्रेमको |

त्यस्तो निस्वार्थ माया गर्ने आकाशको प्रेमी म किन यति स्वार्थी, यति संकुचित र कलुषित भाको छु भनेर हामी आफुलाई नै प्रश्न गर्नु पर्ने भएको छ | जसको माया ओढेर सुरक्षित भाको छम उसलाई नै हतियार प्रहार गरिरहेका छौ | किन ? यस्तो गरिरहेका छौ हामीले ?

र कविताको अन्तमा कविले मान्छेको यो व्यवहारपर्ती गुनासो पोख्नु भएको छ,.. हामीलाई यति माया गर्ने आकाश हुँदा हुदै किन हामी आकाश छाडेर, आकाश छेडेर आकाश भन्दा बाहिर जाँदै छौ ? किन हामी निःस्वार्थ माया गर्ने आकाशलाई गल-हत्याएर, हाम्रो दया, माया, टिठ केही नि नमान्ने अन्तरिक्ष तिर जाँदै छौ ?

"के तपाइलाई थाहा छ

मान्छे, अचेल कता जाँदै छ ?"

ओखल कवितामा ओखल स्वादहीन स्वादरुको कोलाज भएको, निश्चितताहरुबीच अनिश्चित भएको र खण्डहर मनहरुको रहर भएको कुरा गर्नु भएको छ | र आफू र ओखलमा कुनै फरक नरहेको कुरा गर्नु भएको छ |

यस्तै आफू सधैं सधैं अरुले नहिडेको बाटो हिँड्न मन लागेको, अरुले नछोएको अँध्यारो छुन मन लागेको, आफ्नो जिन्दगी आफ्नै ढंगले जोत्न मन लागेको, आफ्नै ढंगले खोज्न मन लागेको कुरा, म र मेरा आफन्तहरुमा गर्नु भएको छ |

यस्तै उपियाँको परेड कवितामा कविले, दुखाई भएर त हामी बचेको छौ, जिउँदै छौ भन्ने दर्शनलाई प्रस्तुत गर्नु भएको छ | कविले कवितामा भन्नु भएको छ, तिनै उपियाहरुको टोकाईको कारणले त आफू जिउँदो हुनुको आभास भएको, जीवनप्रतिको मोह अनुभव हुन थालेको छ |

कविले यस कविता सङ्ग्रहका प्रत्येक कवितामा अलौकिक बिम्बहरुको प्रस्तुत गर्नु भएको छ |

बसन्तलाई कुकुरले पिसाब फेरेको कारण अब यहाका यी फूलहरुमा कुनै पवित्रता नआउने कुरा पनि बडो सोचमग्न छ |

त्यस्तै, एक्लै हिड्दाको आनन्द कवितामा त झन् कविले आफ्नो प्रभाव गजबसंग पार्न सफल हुनु भएको छ | प्रेमका, मायाका कविताकै बडी बिगबिगी भइरहेको बेलामा कविले, आफुले आफ्नो माया आफै गर्ने, आफूले आफूलाई महत्व दिनु पर्ने कुरा कस्तो सुन्दर तरिकाले व्यक्त गर्नु भएको छ | तिम्रो उपस्थितिमा आफुले नचाही नचाही पनि तिमीलाई सुरक्षित पार्नु पर्ने स्थितिलाई गुनासो पोख्नु भएको छ | तिम्रो सामिप्य आफ्नो लागि सर्पलाई बीनजस्तो हुने कुरा गर्नु भएको छ | फेरी तिम्रो साथबाट, संगतबाट मैले केही नि नपाएको होइन भनेर कविले अनुभवको लागि मात्रै ठिक हुने आलस्य पाएको कुरा जसको कुनै आवश्यकता नै छैन, अनि उत्सव बिनाको उपहार हत्याएको कुरा गर्नु भएको छ | मलाई आफूलाई सजाएर राख्ने कुनै रुची नै छैन तरपनि तिम्रो सामु त मैले आफूलाई सजाउनु पर्ने, चिटिक्क पार्नु पर्ने दिक्दारी पोख्नु भएको  छ | त्यसैले एक्लै हिड्दाको आनन्द तिमीसंग हिँड्दा हुदो रहेनछ | यस कवितामा मलाई सबसे मन परेको पङ्क्ति चाहिँ  यो हो :

"विषालु काँडाहरु ओढेको

अजङ्गको पहाड नै भेटियो भने पनि बिचमा

फुकाल्दै काँडाका दाँतहरु

, पहाडको उचाइमा

अझै एक मान्छे अग्लाई थप्न सकु "

ईश्वरले आफू कहिल्यै पराजित नहुन गरेको षड्यन्त्रलाईषड्यन्त्र कवितामा यसरी प्रस्तुत गर्नु भएको छ |

"आफू कहिल्यै पराजित नहुन

इश्वरले

उत्साहभन्दा धेरै ठूलो

, आक्रोशभन्दा धेरै फराकिलो

मनको एउटा खाडल कनिदिएर मान्छे भित्र

दयाले / संवेदनाले त्यसलाई भरिदिएको छ"

त्यस्तै यात्रा कवितामा कविले यात्राको महत्वलाई यसरी प्रस्तुत गर्नु भएको छ |

" म हिँडिन भने-

धर्तिको महिमा घट्छ

म हिँडिन भने-

आकाशबाट हामफालेर सुर्य मर्छ

म हिँडिन भने-

बतासले आगो ओकल्छ "

अनि जिन्दगानी भनेकै पानी हो | जसरी बग्न पाएन भने पानी लेउ लाग्छ, त्यसरी नै यात्रा गर्न पाएन भने जिन्दगानी पनि छेउ लाग्ने कुरा गरेका छन् |

त्यस्तै कविले आफ्नै श्वासमाथि विभिन्न परिस्थितिमा बारबार अविश्वास भइरहेको दुखेसो नि पोख्नु भएको छ | यस संसारको परिस्थितिको, अवस्थितिको बडो डर लाग्ने, भोको पेट, नाङ्गो आङ देख्नु पर्ने भएकाले लाटोकसेरोलाई उज्यालो संग डर लाग्ने गरेको र अँध्यारोमा नै बस्ने बानि परेको कुरा गर्नु भएको छ |इतिहासलाई वर्तमानमा अनुवाद गर्ने कुरा, मान्छेसँग डराउने मान्छेसित असाध्यै डर लाग्ने गरेको कुरा गर्नु भएको छ |

र अन्तिममा यस कविता संग्रहबाट मलाई असाध्यै प्रभाव पर्ने सफल भएको छोटो मीठो कवितालाई प्रस्तुत गर्न चाहन्छु:

फूल-सुन्दर छ

सुकोमल छ

सम्मोहक छ

फूल-सबैका लागि प्रिय छ

 

फूल-

गाउँमा छ

सहरमा छ

भीरमा छ

फूल-सर्वत्र उपलब्ध छ

फूल-

प्रेममा बोल्छ

मन्दिरमा चढ्छ

साइतमा अघि सर्छ

फूल-मायाको प्रतीक भएको छ

 

तर कस्तो नमज्जा !

हरेक बिघ्नबाट जोगाएर

सुरक्षित हुर्काउने

पितातुल्य

आफ्नै मालीको मृत्युमा पनि

पूर्ववत्

फूल-मगमगाइरहेकै छ

उफ् !

सृष्टिको कस्तो विडम्बना !

फूलसँग

पटक्कै सँवेदना हुँदो रहेनछ    

Afterword

यसरि कविताहरु दोहोर्याई तेहेर्याई पढी सके पछी पनि एक हप्ता हुन लागी सक्यो यी कविताहरुमा आफु समाहित हुन खोजेको, आफु तिनै कविताका पंक्तिहरुमा बिलिन हुन मन लागेको | गर्मि महिनामा सितलता प्रदान गर्ने र जाडोयाममा न्यानो प्रदान गर्ने यी कविताहरुले अहिले मलाई सितलता प्रदान गरिरहेका छन् |

विश्वविद्यालयकालाइब्रेरीभित्र धुलो जमेर बसेका अरु तमाम पुस्तकहरुको माया लागेर नि आएको छ | ति तमाम पुस्तकहरुलाई केहि समयका लागि भएनी निहाल्न, काखमा लिन मन लागेको छ | अब यो कृति अरु कसैले पढोस् भन्नका लागि पनि लाइब्रेरीमा छाडेर जानु परेको छ |

अनि अन्तिममा भन्न मन लागेको अर्को कुरा यस्तो छ कि, यो कृतिले मदन पुरस्कार जस्तो सम्मान पाएको छ भनेर पहिला थाहा पाएर पढ्नु भन्दा  पहिला कुनै कृति पढेर पछी पो यसले त यस्तो खालको ठुलो सम्मान पाएको छ, पुरस्कार पाएको छ भन्ने थाहा हुदा धेरै खुसि मिल्ने रहेछ | हुनत: हामीले यो कृति पढ्दै गर्दा खेरि पनि थाहा पाउन सक्छौ, मनलाई भान हुन्छ कि यी चानचुने कविताहरु होइनन् भन्ने | गहनता र दार्शनिकता नै कविताको सबैभन्दा ठूलो हतियार हुन् |

र फेरि अन्तिममा यस कविता सङ्ग्रहका रचनाकार कविवर'दिनेश अधिकारी'लाई पढ्ने मौका मिलेकोमा धेरै खुसी लागेको छ | र फेरि पनि कवि ज्यूलाई शुभकामना छ | हजुरले एउटा भर्खरैको युवाको मन-मस्तिष्कमा प्रभाव पार्न सफल हुनु भएको छ |

[email protected]

 

 


Author

थप समाचार
x