साहित्य

‘नइ कीर्ति रत्न’द्वारा २०१ कवि र लेखक विभूषित

इकागज |
बैशाख ३१, २०८० आइतबार ६:४० बजे

काठमाडौँ - नइ प्रकाशनले ‘नइ कीर्ति रत्न’द्वारा २०१  कवि र लेखकलाई विभूषित गरेको छ । नइ प्रकाशनद्वारा शनिबारआयोजित समर्पण तथा लोकार्पण कार्यक्रममा कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि पुर्‍याएको  योगदान स्वरुप कवि र लेखकलाई ‘नइ कीर्ति रत्न’ अलंकारद्वारा विभूषित गरिएको हो । 

शताब्दी पुरुष डा सत्यमोहन जोशीको जन्मजयन्तीका अवसरमा ‘नइ कीर्ति रत्न’ अलंकारद्वारा गौरवी नारी भद्रकुमारी घले, वरिष्ठ साहित्यकार वैरागी काइला, साहित्यकार डा वासुदेव त्रिपाठी, मुकुन्दशरण उपाध्यायलगायतलाई सम्मानपत्र प्रदान गरिएको हो ।  


समारोहमा विभूषित स्रष्टाद्वारा लिखित ‘नइ कीर्ति लय’ र ‘नइ प्रकाशन ः कीर्ति र आकृति’ नामक दुई ग्रन्थको उपस्थित लेखक कविबाट सामूहिक लोकार्पण गरिएको थियो । नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि समर्पित नइ प्रकाशन आफ्नो क्षमताअनुसार नेपाली प्रतिभाका सिर्जनात्मक कौशललाई सुन्दर एवं रुचीपूर्ण ढङ्गले प्रस्तुत गर्दै आएको छ । रासस 


Author

थप समाचार
x