साहित्य

तिमी को हौ ?

शुरज थपलिया |
बैशाख ११, २०८१ मंगलबार १६:० बजे

कहिले नआत्तन भन्दै 
समिप आउँछौँ 
कहिले नमातन भन्दै 
गाली खुवाउँछौँ 
डराउँदा म ‘म छु’ नि भन्दै 
भरोसा दिन्छौं 
बिराउँदा बाटो 
आफ्नै जस्तो गरि कराउँछौ
 आखिर तिमी को हौ ?

बाटोमा भेटियौँ 
दोबाटोमा छुट्टिनेछौँ 
जाने बाटो फरक हाम्रो 
तिमी उकालो 
म ओरालो 
र, पनि ठेस लाग्ला बिस्तारै हिँड भन्ने 
आखिर तिमी को हौ ?


मनभरि पीडा हुँदा 
मलहम बनी आउँछौँ 
उखरमाउलो यो गर्मीमा 
शीतलता बनी छाउँछौ 
बग्दा मनबाट नदी सरी आँसु 
‘म छु’ नि भनी भर दिलाउँछौ
 म सँगै भएर पनि म सँग नहुने 
आखिर तिमी को हौ ? 

यो स्वार्थी संसारमा 
स्वार्थ नै बोकी आयौँ कि 
दुई दिनका लागि मेरो जीवनमा 
खुशी सजायौँ कि 
तिमी नर, तिमी नारी 
तिमी फूल, तिमी काँडा 
आखिर तिमी को हौ ?


Author

थप समाचार
x