अनियमितता

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकी बालविकास शिक्षिका मल्लविरुद्ध मुद्दा

इकागज |
मंसिर १५, २०८० शुक्रबार १५:५१ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको बर्दगोरीया गाउँपालिको श्री माध्यमिक विद्यालयमा कार्यरत बालविकास शिक्षिका निरञ्जना मल्लविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शुक्रबार आयोगले बालविकास शिक्षिका मल्लले नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । 


बालविकास कार्यकर्ता निरञ्जना मल्लले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय​वाराणासी भारतबाट जारी भएको हाई–स्कुल परीक्षाको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आयोगले जनाएको छ ।  

आयोगले शिक्षिका मल्ललाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद र जरिमाना सजाय गर्न अदालतसँग माग गरेको छ । 


Author

थप समाचार
x