अनियमितता

नापी कार्यालय भद्रपुरका सर्वेक्षक ठाकुरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
कात्तिक २४, २०८० शुक्रबार १४:४० बजे

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा आरोपीहरू सर्वेक्षक देव नारायण ठाकुर, सर्वेक्षक सुबाष चन्द्र यादव र बिचौलिया उमेश यादवले घुस लिएको आरोप लगाइएको छ । 

उनीहरूलाई आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सेवाग्राहीबाट १ लाख २५ हजार रुपैयाँ लिइएको अवस्थामा गत असोज २९ गते नियन्त्रणमा लिएको थियो । 


आयोगका अनुसार सर्वेक्षक ठाकुर, सर्वेक्षक यादव र बिचौलिया यादवसमेतले आपसी मिलोमतो र योजनामा जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्न गराउनका लागि सेवाग्राहीसँग घुस लिएका थिए । ​

अरोपीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार बिगो तथा कैद सजाय माग गरिएको छ । यस्तै बिचौलिया यादवलाई भने मुख्य आरोपीको सजायको आधा सजाय गर्न माग गरिएको छ । 
 


Author

थप समाचार
x