अनियमितता

३३ लाख हिनामिना गरेकाे भन्दै अधिकृत साहविरुद्ध मुद्दा

इकागज |
भदौ २५, २०८० सोमबार १४:२२ बजे

काठमाडौँ–धरानको वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेजनारायण साहले ३३ लाख २० हजार २ सय २६ रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार साहविरुद्ध आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

आयोगले दायर गरेको मुद्दामा प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरुसँग अधिकृत साहले प्रतिष्ठानको हातामा सञ्चालनमा रहेका विभिन्न व्यवसायीहरुबाट विद्युत महसुलबापतको ३३ लाख २० हजार २ सय २६ रुपैयाँ उठाई उक्त रकम प्रतिष्ठानको खातामा जम्मा नगरेको आरोप छ । 


आयोगले साहालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको ३३ लाख २० हजार २ सय २६ रुपैयाँ बिगो असुल गरी र कैद सजाय  गर्न माग गरेको छ । 


Author

थप समाचार
x