अनियमितता

सुन तस्करी प्रकरण : भन्सार अधिकृतसहित थप तीनजना पक्राउ

इकागज |
भदौ २३, २०८० शनिबार १६:६ बजे

फाइल फोटो

काठमाडौँ- गत महिना बरामद गरिएको ६० किलो सुन प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप तीन जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । 

नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार यसरी थप पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपाली रहेका छन् ।


सो ६० केजी सुन तस्करी पक्राउ प्रकरणमा उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको जनाइएको छ । यो सँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ ।


Author

थप समाचार
x