अनियमितता

धनुषाको नगराइन नगरपालिका-२ का वडाध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
असार २२, २०८० शुक्रबार १४:४५ बजे

काठमाडौँ– धनुषाको नगराइन नगरपालिका वडा नं. २ का वडाध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रले भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

वडाध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग सत्तरी हजार रुपैयाँ घुस लिएको अवस्थामा आयोगले नियन्त्रणमा लिएको थियो ।


आयोगले यादव र मिश्रलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो र कैद सजाय माग गरी शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
 


Author

थप समाचार
x