अनियमितता

घूस लिएको अभियोगमा मुद्दा

इकागज |
भदौ २७, २०७९ सोमबार १८:४९ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

कम्प्युटर बिलिङ गर्ने क्रममा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घूस माग्दै गरेको अवस्थामा आयोगको टोलीले श्रेष्ठलाई गत साउन १८ गते पक्राउ गरेको थियो । आयोगले बिगोबमोजिमको कारबाही र कैद सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 



Author

थप समाचार
x