वार्ता

वार्ता

'मेरो जित सिंगो कर्णालीको जित हो'

इकागज |
माघ १३, २०७८ बिहीबार ११:१९ बजे

कर्णालीबाट राष्ट्रिय सभामा दुर्गाकुमारी गुरुङ विजयी भएकी छन् । बुधबार सम्पन्न निर्वाचनमा गुरुङ महिलातर्फ विजयी भएकी हुन् । तत्कालीन माओवादी द्वन्द्वमा श्रीमान गुमाएकी गुरुङ आफ्नो जितलाई समग्र कर्णालीका जितका रूपमा लिन्छिन् । राष्ट्रिय सभामा सिंगो कर्णालीका आवाज बुलन्द गर्ने उनको अठोट छ । राष्ट्रिय सभामा विजयी भएपछि गुरुङसँग इकागजले गरेको कुराकानीः

राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभयो । कस्तो महसुस गर्नुभएको छ ? 


खुसी लागेको छ । यो जितलाई मैले सिंगो कर्णालीको जितको रूपमा लिएको छु । 

राजनीतिमा कहिलेदेखि लाग्नुभएको ? 

म जिल्लाको राजनीतिमा सक्रिय थिएँ/छु । २०५८ सालमा माओवादीले मेरो श्रीमानको हत्या गरे । त्यसपछि म विस्थापित भएँर काठमाडौँ बसेँ । फेरि हामीमाथि पनि यस्तै घटना हुनसक्छ भनेर काठमाडौँ बसेँ । उतै छोराको पढाइलेखाइ गराएँ । 

पार्टीको काममा चाहिँ लागिरहनुभयो ? 

हो । काठमाडौँमा छँदा र यता(सुर्खेत) आउँदा पनि पार्टीका काममा लागिरहेँ । जिल्लामा काम गर्दै गएँ । अहिले पार्टीले सम्झियो ।

जिल्लाको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । अब केन्द्रीय राजनीतिमा पुग्नुभएको छ । के गर्नुहुन्छ ?

कर्णालीका गरिब दुखीलाई कसरी हेर्न सकिन्छ भन्नेमा मेरो ध्यान जान्छ । राष्ट्रिय राजनीतिमा यसबारे कुरा उठाउँछु । सिंगो कर्णालीको प्रतिनिधित्व गरेर कुरा राख्छु । पिछडिएका आदिवासी/जनजातिहरूलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे संसद्‌मा कुरा उठाउँछु । 

महिला सशक्तिकरणका लागि के गर्नुहुन्छ ? 

मैले राष्ट्रिय सभामा महिलाका विषयमा कुरा उठाउँछु । महिलालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरा राख्छु । 

यहाँ द्वन्द्वपीडित हुनुहुन्छ । यहाँजस्तै द्वन्द्वपीडित महिला/बालबालिकाहरू धेरै छन् । तपाई संसद् बन्नुभयोे ? कति अझैं पीडामा छन् । उहाँहरूका लागि के गर्नुहुन्छ ? 

हो । द्वन्द्वपीडितमा परेको बालबालिका र महिला धेरै छन् । उनीहरूका समस्या र पीडा पनि धेरै छन् । उनीहरूका माग र मुद्दालाई अगाडि बढाउँछु । माग सम्बोधनका लागि सदनमार्फत सरकारको ध्यानाकर्षण गराउँछु । 
 


Author

थप समाचार
x