घटना-दुर्घटना

बालाजु औद्योगिक क्षेत्रभित्र बुलेटमा च्यापिएर एक जनाको मृत्यु

इकागज |
माघ १३, २०७८ बिहीबार १०:४५ बजे

काठमाडौँ - बालाजु औद्योगिक क्षेत्रभित्र ग्यास बुलेटमा च्यापिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेको महानगरीय प्रहरी वृत बालाजुले जनाएको छ । बिहीबार बिहान पौने चार बजेतिर पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा च्यापिएर मृत्यु भएको बालाजुका प्रमुख डिएसपी गौतम मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार औद्योगिक क्षेत्रमा दुई वटा ग्यास बुलेट पार्किङमा थिए । एनएलओ २ क्यु ३७२० र एनएलओ २ क्यु ३७२९ नम्बरको बुलेटको बीचमा चौधरी च्यापिएका थिए । चालक चौधरी एनएलओ २ क्यु ३७२९ को बुलेटका चालक हुन् ।



Author

थप समाचार
x