घटना-दुर्घटना

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु, एकजना गम्भीर घाइते

इकागज |
चैत २०, २०८० मंगलबार २०:२३ बजे

नवलपुर- पूर्वी नवलपरासीको गैंडाकोटमा बोर्डिङ स्कुल बसको ठक्करबाट एक महिलाको घटनास्थलमै निधन भएको छ । दुर्घटनामा अर्की एक युवती गम्भीर घाइते भएकी छन् ।

ओमशान्ति चोकबाट सरस्वती स्कुलचोकतर्फ जाँदै गरेको बालविकास बोर्डिङ स्कुलको ना.४ख १०४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा.९३ प ९२०२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।


दुर्घटनामा स्कुटरमा सवार पर्वतको फलेबास नगरपालिका-४ घर भई हाल भरतपुर महानगरपालिका-२६ बस्ने ६८ वर्षीया पार्वती पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दुर्घटनामा गैंडाकोट नगरपालिका-५ की २० वर्षीया आशिका सापकोटा गम्भीर घाइते भएकी छिन् । उपचारका लागि भरतपुर पठाएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको बताएको छ ।


Author

थप समाचार
x