घटना-दुर्घटना

चन्द्रपुरमा बसको ठक्करबाट श्रीमान्-श्रीमतीको मृत्यु

इकागज |
चैत ११, २०८० आइतबार १९:५६ बजे

फाइल तस्बिर

रौतहट- चन्द्रपुरमा बसको ठक्करबाट श्रीमान्-श्रीमतीको मृत्यु भएको छ ।

बागमती सडक खण्डको मंगलपुरमा आइतबार बसको ठक्करबाट चन्द्रपुर-१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।


सर्लाहीतर्फ जाँदै गरेको मे१ख २५३६ नम्बरको बसले साइकल चढेर जाँदै गरेका राई दाम्पतीलाई ठक्कर दिएपछि उनीहरूको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यस लगत्तै उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
 


Author

थप समाचार
x