घटना-दुर्घटना

बागलुङको निसीखोलामा बस दुर्घटना : ७ को मृत्यु, २० जना घाइते

इकागज |
चैत ५, २०८० सोमबार १९:२० बजे

बागलुङ- बागलुङको निसीखोला गाउँपालिका-६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । 

रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो । बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिएका छन् ।


घटनाको थप विवरण आउन बाँकी रहेको छ । रासस


Author

थप समाचार
x