घटना-दुर्घटना

दार्चुलामा जिप दुर्घटना

इकागज |
चैत १, २०८० बिहीबार १८:२५ बजे

दार्चुला- दार्चुलामा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

बिहीबार लेकम गाउँपालिका-५ स्थित चौपातामा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको हो । जिप सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो ।


उक्त दुर्घटनामा परेर गाडीमा सवार रहेका अन्दाजी २४ वर्षीय धनबहादुर बोहरा घाइते भएका छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । गाडीमा चालकसहित ४ जना सवार रहेकोमा अन्य सबै सकुशल रहेको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो ।


Author

थप समाचार
x