घटना-दुर्घटना

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

इकागज |
माघ ९, २०८० मंगलबार १४:५८ बजे

फाइल तस्बिर

कैलाली- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थित घोडाघोडी नगरपालिका–२, साडेपानीमा सु.प.प्र.०१००९ प.४६१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बर्दगोरीया गाउँपालिका–५ का २१ वर्षीय कालु विकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकलको पछाडि सवार उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनको घोडाघोडी अस्पताल सुखडमा उपचारका क्रममा मृत्यु भएको हो । 


मोटरसाइकल ४० वर्षीय प्रदीप विकको सोही अस्पतालमा उपचार भइरहेको छ ।


Author

थप समाचार
x