घटना-दुर्घटना

रुखबाट खसेर एक जनाको मृत्यु

इकागज |
जेठ २०, २०८० शनिबार १२:५२ बजे

बाजुरा- बाजुरामा रुखबाट खसेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी रहेका छन् ।
    
रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए ।



Author

थप समाचार
x